२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय सभाले पठायो दुई विधेयक विधायन समितिमा


राष्ट्रियसभाको बैठक फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपन्छि विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ती विधेयकहरुलाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावहरुलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै विधेयकहरुलाई छलफलको लागि समितिमा पठाइएको हो ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विभिन्न मितिमा प्रमाणिकरण भएका ६ वटा विधेयक प्रमाणिकरण सम्बन्धी प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाएका थिए ।

प्रमाणिकरण भएका विधेयकहरुमा क्रमशः खानेपानी तथा सरसफाई विधेयक, तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका थिए ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ सभा समक्ष टेबुल गरेका थिए भने विधायन व्यवस्थापन समितिका सभापति डा.बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक,२०७६’ सम्बन्धी विधानय व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि भाद्र ३० गते दिउँसो २ बजेर ५९ मिनेटमा बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !