२६ बैशाख २०८१, बुधबार

संघीय संसद भवनमा चिनियाँ सभामुख ली र सभामुख सापकोटाबीच भेटवार्ता


लि झान्सु र अग्निप्रसाद सापकोटा

काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका सभामुख लि झान्सु र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा चिनियाँ सभामुख ली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो ।

संघीय संसद भवन नयाँ वानेश्वस्थित ल्होत्से हलमा नेपाल र चीनको संसदका नेतृत्व सहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताअघि प्रतिनिधिसभाका सभामुख सापकोटाले लीलाई संघीय संसद भवन नयाँ बानेश्वरमा स्वागत गरेका थिए ।

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच छलफल भएको हो ।

उनीहरुबीच संघीय संसद भवन नयाँ वानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो । सभामुख सापकोटाको निमन्त्रणामा ली झान्सु ४ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।

छिमेकी मुलुक चीनको सभामुखस्तरीय नेपाल भ्रमण पहिलो पटक भएको हो । अध्यक्ष झान्सु आज भदौ २७ देखि ३० गतेसम्म नेपालको औपचारिक भ्रमणका लागि विशेष विमानबाट नेपाल आएका हुन् ।

अघिल्लो बर्षको चैत्र महिनामा भएको दुई पक्षीय भर्चुअल मिटिङ्गको क्रममा सभामुख सापकोटाले समकक्षी झान्सुलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताका नेता तथा सभामुख झान्सु सभामुख सापकोटाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल आएका हुन् ।

दुई पक्षीय छलफलपछि दुई देशको संसदको आपसी हित र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत हुनेछ । आज नै सभामुख सापकोटाले झान्सु नेतृत्वको प्रतिनिधि मण्डलको सम्मानमा साँझ ७:३० बजे सोल्टी होटलमा रात्री भोजको आयोजना गरेका छन् ।

लि झान्सु र अग्निप्रसाद सापकोटा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !