२० बैशाख २०८१, बिहिबार

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने


प्रदीप गिरी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि गिरिको निधनकै कारण हिजोको बैठक विशेष कारणबस स्थगित गरिएको थियो ।

 प्रतिनिधि सभाको बैठक

यस्तै राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १२.:५९ बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

घाँटीको क्यान्सरबाट पीडित नेता गिरिको शनिबार राती ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो । गिरीको आइतबार साँझ अन्त्यष्टि गरिएको थियो । गिरि समाजवादी चिन्तक एवम् नेपाली कांग्रेसका नेता समेत थिए ।

 राष्ट्रिय सभाको बैठक

यो पनि पढ्नुहोस्

‘संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सांसद पर्खिएर बस्थे…’

प्रदीप गिरी : कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु

समावेशी राजनीतिका प्रखर वक्ता नेता प्रदीप गिरी

प्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’

हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !