२३ बैशाख २०८१, आइतबार

पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिन : मन्त्रालयले नै दिएन सिसी टिभीको फुटेज


जनार्दन शर्मा

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनका लागि अर्थ मन्त्रालयले नै प्रमाणका रूपमा रहेको सिसी टिभीको भिडियो फुटेज दिन आनाकानी गरेको छ ।

संसदीय छानबिन समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट आउनु अघिल्लो रात जेठ १४ गतेको सिसी टिभी फुटेज मागेकोमा अर्थ मन्त्रालयले नदिएको हो ।

तर अर्थ मन्त्रालयले जेठ १४ गते रातीको फुटेज दिनुको सट्टा दुई पटकसम्म असारकै फुटेज पठाइदिएको हो । बजेट निर्माणक्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएको विवादमा परेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका साथै सत्तापक्षकै दलहरुले यसबारे प्रश्न उठेपछि संसदले २२ असारमा संसदीय विशेष समिति बनाएको थियो भने शर्माले पनि त्यही दिन अर्थमन्त्रीबाट राजीनामा थिए ।

१० दिनको म्याद पाएको संसदीय विशेष समितिको समयावाधि सकिन अव धेरै दिन बाँकी छैन । जेठ १४ गते तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गराएर करको दर परिर्वतन गराएको आरोप लागेको छ ।

छानबिन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !