२१ बैशाख २०८१, शुक्रबार

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूतको प्रतिक्रियाप्रति चीनद्वारा खण्डन


होउ यान्सी र डिन थम्पसन

काठमाडौँ । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले दिएको अभिव्यक्तिलाई लिएर चीनले खण्डन गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले अमेरिकी राजदूत थम्पसनले दिएको प्रतिक्रियालाई लिएर बिहीबार खण्डन गरेको हो ।

अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिनेक्रममा अमेरिकी राजदूत थम्पसनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा चीनको भूमिकाबारे गरेको टिप्पणीको चिनियाँ दूतावासले खण्डन गरेको छ ।

एमसिसीबारे चिनियाँ कुप्रचारका बाबजुद नेपालले अनुमोदन गरेको बताएका उनले थिए । सोही विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले भनाइ सार्वजनिक गर्दै राजदूत थम्पसनको भनाइ ‘आधारहीन’ भएको बताएका हुन् । उनले अमेरिकाले चीनको निन्दा मात्र नगरेर नेपाली जनताको पनि अममान गरेको बताएका छन् ।चीनद्वारा खण्डन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !