१४ बैशाख २०८१, शुक्रबार

चिनियाँ प्रतिनिधिमण्डल फर्किएको दुई दिनमै मोदीलाई भेट्न प्रचण्ड भोलि भारत जाँदै


प्रचण्ड र नरेन्द्र मोदी फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोलाई स्वीकार गर्दै प्रचण्ड भोलि शुक्रबार नयाँ दिल्ली जान लागेका हुन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले बताएको छ । सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएको दुई दिनपछि नै प्रचण्ड भारत जान लाग्नुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । चिनियाँ टोली फर्किएलगत्तै प्रचण्डको दिल्ली दौडलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

प्रचण्ड निकट स्रोतले दिएको जानकारीअनुसार भेटवार्ताको क्रममा दाहालले भारतीय जनता पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रचण्ड लामो समयपछि भारत जान लागेका हुन् ।

तत्कालिन नेकपाको अध्यक्ष भएको समयमा प्रचण्डको भारतसँग सम्बन्ध सुमधुर नभएको चर्चा चलेको थियो । प्रचण्डको स्वागतको लागि दिल्लीले आवश्यक सबै तयारी गरिसकेको छ ।

प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि दिल्लीमा नै रहेकी छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा रहेका छन् । प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु