२६ बैशाख २०८१, बुधबार

नेपाली जनता दलद्वारा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग


नेपाली जनता दल_हरिचरण शाह

काठमाडौँ । नेपाली जनता दलले आगामी सङ्घीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ ।

उक्त दलले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्दती उपयुक्त विकल्प भएको उल्लेख गरेको छ । जनता दलले लैङ्गीक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष हरिचरण साहले सबै वर्ग, जाती, समूदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुनेगरी समानुपातिक निर्वाचन प्रणाली अपनाउनु अहिलेको अपरिहार्यता भएको बताए । उनले देशलाई शान्ति र समृद्धिको दिशामा अघि बढाउन राजनीतिक स्थिरताको खाँचो औँल्याए ।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अनुप पहाडी, उपाध्यक्षद्वय रघु परियार र यामबहादुर जिसी, उपमहासचिव सुमा बास्तोलाले वैकल्पिक राजनीतिक दलको रुपमा विगत २८ वर्षदेखि सङ्घर्ष गर्दै आएको जनता दलले जनसंख्याको आधारमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा विगतदेखिनै उठाइरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !