२३ बैशाख २०८१, आइतबार

को-को छन् अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिमा ?


जनार्दन शर्मा बजेट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । अर्थमन्त्री शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको हो ।

प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको हो । प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले छानविन टोलीको नाम प्रस्तुत गरेका छन् ।

उक्त संसदीय विशेष छानविन समितिमा एमालेका ४ जना, नेपाली काँग्रेस र माओवादी केन्द्रबाट २/२ जना र एकीकृत समाजवादी, जसपा र लोसपाबाट १/१ जना सदस्यीय रहने छन् । समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ ।

जसअनुसार उक्त संसदीय विशेष समितिमा एमालेको तर्फबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला बिक रहेकी छन् भने काँग्रेसको तर्फबाट पुष्पा भुसाल र सीताराम महतो रहेका छन् भने माओवादी केन्द्रको तर्फबाट देव गुरुङ र शक्तिबहादुर बस्नेत रहेका छन् ।

यसका साथै उक्त संसदीय विशेष समितिमा एकीकृत समाजवादीको तर्फबाट सरला कुमारी यादव, जसपाको तर्फबाट सुरेन्द्र प्रसाद यादव र लोसपाको तर्फबाट लक्ष्ममणलाल कर्ण रहेका छन् ।

समितिलाई १० दिनको कार्यावधि दिइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।

करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराए । त्यसअघि प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक ढिला गरी सुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !