२५ बैशाख २०८१, मंगलबार

माओवादीको जारी केन्द्रीय समिति बैठक दोस्रोपटक भोलिसम्म स्थगित


माओवादी केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज बुधबार १ बजेका लागि पूर्व निर्धारित माओवादीको जारी केन्द्रीय समिति बैठक दोस्रोपटक भोलि बिहीबार ११ बजेसम्म स्थगित भएको हो ।

हिजो पनि बस्ने भनिएको माओवादीको बैठक आजसम्मला लागि स्थगित गरिएको थियो । आइतबारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने र बैठक समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

पदाधिकारी चयन लगायतका विषयमा अन्तरिक छलफल गर्न हिजोको बैठक स्थगित गरिएको बताइएको थियो । यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !