१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल जारी


“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको हो ।

आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ ।

हिजोबाट सुरु भएको बजेटमाथि सैद्धान्तिक छलफल आज पनि जारी रहने भएको हो । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल एवं प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।

अर्थमन्त्री शर्माले संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले हिजो जेठ १७ गते, आज १८ गते र भोलि १९ गतेको दिन तोकेका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको बजेटको भण्डाफोर गर्न रणनीति तय गरेअनुरुप एमालेका सांसदहरु हिजोदेखि संसदमा खरो भएर उत्रिएका छन् ।

आफ्ना संसदलाई खरो भएर तर्कसंगत रुपमा प्रस्तुत हुन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका थिए । आइतवार बजेट आएपछि एमाले उपाध्यक्ष विष्णु पौडेल र सांसद खगराज अधिकारीसहितले मतदाता फकाउन गठबन्धन सरकारले कनिका छरेको आरोप लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !