१९ बैशाख २०८१, बुधबार

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी


हर्कराज राई

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ४ हजार ७६२ मतान्तरसहित उनी प्रमुखमा विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । उनी लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका थिए ।

नेकपा (एमाले) का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गरेकी थिइन् । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गरे ।

बीस वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !