२४ बैशाख २०८१, सोमबार

कांग्रेसका नेताहरुले पार्टीको सिद्धान्त र विचार छोडे : अध्यक्ष ओली


केपी शर्मा ओली पोखरामा

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले पार्टीको सिद्धान्त र विचार छोडेको आरोप लगाएका छन् ।

पोखरामा आज एमालेले आयोजना चुनावी सभा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसका नेताहरुले सिद्धान्त र विचार छोडेको टिप्पणी गरेका हुन् । ओलीले कृष्णप्रसाद भट्टराईले जीवनको उत्तराद्र्ध र गणेशमान सिंहले पनि कांग्रेस छोडेको स्मरण गर्दै बीपी कोइराला अहिले भएको भए पनि अहिलेको कांग्रेस काम छैन भनेर छोडेर हिँड्ने स्थिति सिर्जना हुने अवस्था आउने सक्ने भन्दै व्यंगात्मक टिप्पणी पनि गरेका छन्।

अध्यक्ष ओलीले अब देश बनाउने जिम्मेवारी एमालेको काँधमा आएको भन्दै भिजन, योजना र देश बनाउने संकल्प भएको पार्टी एमाले भएको दावी गरे । उनले विकासको अभियानलाई तीब्र बनाउने पार्टी एमाले भएको पनि जिकिर गरे ।

उनले एमालेका उम्मेदवारलाई जिताउन अपिल गर्दै एमालेलाई सिद्ध्याउने अनेकौं प्रयास भइरहेको भन्दै यी तत्वहरुसंग सजग हुनुपर्ने भनेर सचेत गराए । ओलीले स्थानीय निर्वाचनमा धाँधली हुनसक्ने संकेत गर्दै गठबन्धनका सबैखाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताएका हुन् ।

ओलीले चुनावमा धाँधली हुनसक्ने भएकोले मतपत्र जोगाउन चनाखो बन्नुपर्नेमा पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना कम भएतापनि मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यो पनि पढ्नुहोस्

पोखरा पुगेर ओलीले भने- धाँधली हुनसक्छ, मतपत्र जोगाउन चनाखो बन्नू


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !