१५ बैशाख २०८१, शनिबार

एमसीसी सम्झौता राजपत्रमा छापिएकोमा भीम रावलले जनाए कडा आपत्ति


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपाल राजपत्रमा छापिएकोमा कडा आपत्ति जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज दिउसो लेख्दै उनले एमसीसीसंगको सम्झौता राजपत्रमा छापिएकोमा आश्चर्य समेत प्रकट गरेका छन् । एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरू भएको रावलको तर्क गरेका छन् ।

‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरु देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ? छैन ।’ भनेर उनले प्रश्न समेत सरकारलाई सोधेका छन् ।

‘यहीँबाटै नेपालको मामिला, कानून र अधिकारमा हस्तक्षेपको खेल सुरू हुन्छ । अब अरु राष्ट्रघाती प्रावधान कसरी लागू हुन्छन् हेरौं । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्,’ भनेर उनले माग समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !