१५ बैशाख २०८१, शनिबार

नेकपा एमालेले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै


नेकपा (एमाले)

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

एमालेले आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको हो ।

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।

यसअघि नै नेकपा (एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल लगायत दलहरुले घोषणापत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !