१५ बैशाख २०८१, शनिबार

महेश आचार्यको तस्बिर पोष्ट गर्दै अर्थमन्त्रीलाई शर्माको व्यंग्य


विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य कसेका छन् । महामन्त्री शर्माले कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यको तस्विर पोष्ट गर्दै अर्थमन्त्री शर्मामाथि व्यंग्य कसेका छन् ।

अर्थमन्त्री शर्माले निलम्बन गरेका गभर्नर महाप्रसाद अधिकारीलाई अदालतले फिर्ता गरेको छ। नैतिक संकट सिर्जना भएको भन्दै अर्थमन्त्रीको राजीनामाको अपेक्षा सत्तागठबन्धनकै नेताहरुले समेत गरिरहेका छन् ।

महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै उनले लेखका छन्, “बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मुल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति ! समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछी अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !