२५ बैशाख २०८१, मंगलबार

गठबन्धनले जित्ने ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनको निर्णय


सत्ता गठबन्धनको बैठक

काठमाडौं । आइतबार विहान बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धनकै दल जित्ने पक्का भएको ठाउँमा मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । बैठकमा स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षासमेत गरेको एक नेताले जानकारी दिए।

बैठकमा गठबन्धनका दलबीच तालमेल नभइ जित्न नसक्ने ठाउँमा तालमेलमै जोड दिनुपर्छ भन्ने छलफल भएको एक नेताले जानकारी दिए । त्यस्तैगरी चुनावी परिणाम प्रतिकुल आउने गरी मातहतका संयन्त्रले निर्णय लिए केन्द्रले सोच्न सक्ने अवस्थाबारे पनि छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !