१५ बैशाख २०८१, शनिबार

आगामी निर्वाचनपछि एमालेले बहुमत ल्याउने ओलीको दावी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले बहुमत ल्याउने दावी गरेका छन् ।

शुक्रबार लमजुङको ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् ।

एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै ओलीले जनताको आकर्षण एमालेमा रहेको र आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए । उनले जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पु¥याएको आरोप समेत लगाए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !