२५ बैशाख २०८१, मंगलबार

अख्तियारद्वारा गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको विक्रीकर संकलन सम्बन्धी बोलपत्र बिक्री गर्दा कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुजादेवी बुढा मगर सहित सोही गाउँपालिकाका १,२,३,४,५,६ र ७ नं.वडाका वडाध्यक्षहरु तथा ३ जना गाउँपालिका सदस्यहरु विरुद्ध आरोप पत्र दायर गरेको छ ।

आयोगद्वारा आजै जारी गरिएको प्रेस वक्तव्यमा ठेकेदारसँग मिलेमतो गरि रु.५४ लाख भन्दा बढि भ्रष्टाचार गरेकाले उनीहरुबाट बिगो असुल गरि मोहन्याल गाउँपालिकालाई भराई पाउन समेत माग दाबी गरिएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !