२५ बैशाख २०८१, मंगलबार

मानव सेवालाई राजनीतिकरण नगरौ : पूर्वराज्यमन्त्री दुगड


मोती लाल दुगड

काठमाडौँ । पूर्व उद्योग, वाणिज्य एवं आपूर्ति राज्यमन्त्री एवं तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका विशेष आर्थिक सल्लाहकार समेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य मोती लाल दुगडले मानव सेवालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

आज आइतबार एभरेष्ट होटेल नयाँ वानेश्वरमा आयोजित पार्टीको सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै दुगडले मानव सेवालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा गरेका छन् ।
नेपालमा पहिलोपटक नेकपा एमालेद्वारा परोपकार मानव सेवामा समर्पित रहने उद्धेश्यका साथ संचालन गर्न लागेको सामाजिक सेवा केन्द्रको अध्यक्ष ओलीले ऐतिहासिक घोषणा गरेको पूर्वराज्यमन्त्री दुगडले नेपालपत्रलाई बताए ।

एमालेले सामाजिक सेवा केन्द्र बनाएर आपतमा परेका आम नागरिकको निःशुल्क सेवा दिने भएको हो । राजनीतिक पार्टीले विदेशबाट कुनै सहयोग नलिई आफ्नै खल्तीबाट आर्थिक सहयोग गरेर यस खाले स्वयम् सेवा गर्न लागेको हो । यसअघि पनि २०७२ सालको महाभूकम्पको समयमा करीब २७ हजार घर एमालेका स्वयंसेवकहरुले बनाएको पनि एमालेले बताउदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !