२३ बैशाख २०८१, आइतबार

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न नदिएपछि पाण्डेले भने- रवीन्द्र नेपाली राजनीतिका ‘छोटे हिट्लर’ हुन्


रवीन्द्र मिश्र र मिलन पाण्डे

काठमाडाैँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई मिलन पाण्डेले ‘छाेटे हिट्लर’काे संज्ञा दिएका छन् । मंगलबार पार्टी कार्यालय, बखुण्डाेलमा पत्रकार सम्मेलन गर्न नदिएपछि संयाेजक पाण्डेले यस्ताे बताएका हुन् ।

पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, “आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे ।
यो उनको अर्को अलोकतान्त्रिक कदम हो । साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिट्लर हुन् । म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु । पार्टी अफिस मिश्रको पेवा होइन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !