२६ बैशाख २०८१, बुधबार

स्थानीय तह निर्वाचन : जिल्ला निर्वाचन कार्यालय बागलुङमा १३ दल दर्ता


मतदानको व्यवस्था

बाग्लुङ । स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङमा १३ दल दर्ता भएका छन् । ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पार्टी, विवेकशील साझा पार्टी, नेकपा माले, नेपाली काँग्रेस (विपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल र मौलिक जरो किलो पार्टीले दर्ता गराएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जिल्लामा विवरण बुझाउनु नपर्ने निर्वाचन कार्यालयका एक अधिकृतले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !