१५ बैशाख २०८१, शनिबार

महिला प्रहरीको मृत्यु प्रकरणबारे छानबिन हुन्छ : गृहमन्त्री


गृहमन्त्री बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले महिला प्रहरी जवानको मृत्यु प्रकरणबारे जाँचबुझ गरिने बताएका छन् ।

मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको उक्त घटनाबारे गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।

शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !