१४ बैशाख २०८१, शुक्रबार

सत्तारूढ दलले स्थानीय निर्वाचन पर धकेल्न संसद विघटन गर्न खोजे : प्रदीप ज्ञवाली


प्रदीप ज्ञवाली

नुवाकोट । प्रमुख प्रतिपक्षी दल एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारूढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्न प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को कुरा उठाएको आरोप लगाएका छन् ।

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार रहेको समेत दावी गरे । नुवाकोटको विदुरमा आज प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन्।

ज्ञवालीले सरकारमा रहेका दलहरूले एमसिसीलाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !