२६ बैशाख २०८१, बुधबार

बराबर मत ल्याएपछि आलोपालो सभापति बन्ने सहमति


कांग्रेस महाधिवेशन

नवलपुर । नेपाली कांग्रेस नवलपरासीको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उमेदवारले दुई/दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् ।

एक नेताका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो ।

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उमेदवारले बराबर मत ल्याएका थिए ।

मत बराबरी भएपछि गोलाप्रथा गर्न उमेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुंगो लाग्न सकेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !