२३ बैशाख २०८१, आइतबार

एमसीसी पास गर्ने र गठबन्धन पनि कायम राख्ने बारेमा छलफल जारी छ : प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदवाट अनुमोदन गर्ने र वर्तमान सत्ता गठबन्धन पनि कायम राख्ने बारेमा छलफल भईरहेको संकेत गरेका छन् ।

आज शनिबार बिहान काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गरिहेको बताएका हुन् । उनले सजिलै गठबन्धनलाई फुट्न नदिने विकल्प पनि खोजिरहेको पनि बताए ।

उनले एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताएका छन् । आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उनले बताए ।

उनले यथास्थितिमा एमसीसी समर्थन गर्न नसकिने दोहोर्‍याए । तर, गठबन्धन जोगाउने र एमसीसीको समस्या समाधानको विकल्पबारे छलफल भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो साँझ बालुवाटारमा उनले भेटेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !