
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलले एमसिसी पास गर्न सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने चेतावनी दिएका छन् ।
वरिष्ठ नेता पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एमसिसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको दावी गरे ।
एक कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । वरिष्ठ नेता पौडेलले सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्ने बताएका छन् । गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताए ।