२० बैशाख २०८१, बिहिबार

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डको भेटवार्ता


देउवा र प्रचण्डको भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डवीच भेटवार्ता भएको हो । सिंहदरबारमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार गएका हुन् ।

देउवा र प्रचण्डवीच लगभग आधा घण्टा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो । सिंहदरबारको भेटमा प्रचण्डलाई कांग्रेस नेता पौडेलले गठबन्धन नटुट्ने गरी एमसीसीमा अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

सरकारले संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता टेवुल गरेपछि सत्ता गठबन्धन चरम संकटमा परेको छ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को आज बसेको सचिवालय बैठकले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यस्तै सत्तारुढ नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका हुन् । काठमाडौँमा आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाएका थिए ।

यो पनि पढ्नुहोस्

एकीकृत समाजवादीद्वारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय

माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !