२० बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीद्वारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय


एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमसीसी सम्झौता संसदमा टेवुल गरेपछि उत्पन्न चरम विवादको विषयलाई लिएर एकीकृत समाजवादीले बोलाएको सचिवालय बैठकले सो निर्णय गरेको उक्त पार्टीका एक नेताले बताए ।

आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो । साथै एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिनका लागि सबैलाई भन्ने र वातावरण तयार गर्ने पनि भएको छ ।

साथै उक्त पार्टीको सचिवालय बैठक भोलि पनि बस्नेछ । शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको थियो ।

हिजो आइतबार बसेको प्रतिनिधिसभामा एमसीसी पेश भएपछि एकीकृत समाजवादीको आज सचिवालय बैठक बसेको थियो । यद्यपि एकीकृत समाजवादीको यसअघि गत शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले भने एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।नेता खनालले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए ।

यस्तो छ हेर्नुहोस् एकीकृत समाजवादीले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ हेर्नुहोस् एकीकृत समाजवादीले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !