२३ बैशाख २०८१, आइतबार

कानुनमन्त्रीले भने- सहमति गरेरै दुई दिनमा एमसिसी पेश गर्छौ


दिलेन्द्र प्रसाद बडू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतीमै एमसिसी प्रतिनिधि सभामा पेश हुने बताए । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले सहमतीकै लागि आज पेश नगरिएको बताए।

मन्त्री बडूले अबको दुई दिनमा सबै सहमती गरेर पेश गर्ने बताए । संसद बैठकअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वार्ता गरि आज एमसिसी टेबल नगर्ने सहमती गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !