१५ बैशाख २०८१, शनिबार

नयाँ वानेश्वरमा कांग्रेस संसदीय दलको बैठक शुरु


कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ । केहि समयअघि मात्र नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो ।

प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

काँग्रेसले बोलाएको बैठकमा विशेष रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव, संसद्मा विचाराधीन विभिन्न विधेयक र एमसिसीका विषयमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

सरकारको नेतृत्व गरेको कांग्रेससहित सत्ता गठबन्धनका प्रमुख तीन दलका ९८ सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

उक्त प्रस्तावका विषयमा पार्टी संसदीय दलले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । संसद्को बैठक भने भोलि माघ ४ गते बुधबार डाकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !