१४ बैशाख २०८१, शुक्रबार

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै


सभामुखले बोलाए भोलि सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका सर्वदलीय बैठक आज बस्दै छ । सभामुख सापकोटाको सचिवालयका अनुसार आज सोमबार दिउँसो २ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बैठक बोलाएको उनको सचिवालयले बताएको छ ।

आज सोमबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभा बैठक फागुन ४ गतेसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले आज आइतबार एक विज्ञप्ति जारी गर्दै बैठक २ दिन सारिएको जानकारी गराएको छ । यसअघि पनि पटक–पटक संसद् बैठक सारिएको थियो ।

यता पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग निर्वाचन रोक्ने षड्यन्त्रस्वरुप आएको भनेर स्पष्ट परेका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि अध्यक्ष ओलीले सत्ता गठबन्धनको कडा निन्दा गरेका छन् । आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव पेस गरेसँगै ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

उनले महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आएकोले धरै गम्भीर षडयन्त्रको प्रकटीकरण भएको पानी बताएका छन् । उनले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० गतेमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताए ।

यस्तै प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले यस्तो प्रतिक्रिया दिएका थिए ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको बारेमा आफ्नो पार्टीलाई केही जानकारी नभएको पनि एमालेले स्पष्ट परेको छ । एमालेले पार्टीको संसदीय दलको बैठक आज बिहान ११ बजे बोलाएको छ ।

सभामुखले दर्ता भएको महाअभियोग प्रस्तावलाई संसदवाट एउटै स्वरमा पारित गर्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्नका लागि सर्वदलीय बैठक बोलेका छन् । तर प्रमुख प्रतिपक्ष दलले महाअभियोग प्रस्तावमा मतदान नगर्ने संकेत गरिसकेको छ ।

नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका छन् । संविधानको धारा १०१ मा यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्धको महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन् ।

सो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुने उल्लेख गरिएको छ । यद्यपि संसदवाट तत्कालको लागि महाअभियोग प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित हुने नदेखिएकोले देशमा राजनीतिक गतिरोध झन् चर्किने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !