६ बैशाख २०८१, बिहिबार

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता


चोलेन्द्रशम्शेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आज आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी ) सहितका जम्मा ९८ जना सांसदले हस्ताक्षर गरेको बुझिएको छ । कानुनमन्त्री बडू संसद सचिवालय सिंहदरवारमा गएको बुझिएको छ ।

महाअभियोगको प्रस्तावको प्रस्तावकहरुमा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङ र नेकपा (एकीकृत समाजवादी) का सांसद जीवराम श्रेष्ठ रहेका छन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप महाभियोग प्रस्तावमा छ ।

नेपालको संवैधानिक इतिहासलाई हेर्ने हो भने प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएको यो दोस्रो पटक हो । यसअघि पूर्वप्रधानन्यायाधीश शुशिला कार्की प्रधानन्यायाधीश भएको बेला उनीविरुद्ध पहिलोपटक महाअभियोगको प्रस्ताव दर्ता भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !