२३ बैशाख २०८१, आइतबार

डा. बाबुराम राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा : बाँस्कोटा


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा. बाबुराम भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेको बताएका छन्।

नेता बाँस्कोटाले क्वीस्लींग ती पात्र हुन जसले हिट्लरसँग मिलेर आफ्नैदेशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेको स्मरण गरेका छन् ।

उनले लेखेका छन्, “राजनीतिक शुन्यता सृजना गरेर शक्ती हत्याउने दाउमा कोही हात धोएर लागेको छ भने त्यो डा.भट्टराई भन्ने नेपाली क्वीस्लींग रहेछन ।क्वीस्लींग ती पात्र हुन जस्ले हिट्लरसंग मिरेर आफ्नैदेशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका थिए ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !