२५ बैशाख २०८१, मंगलबार

ओली सरकार हुँदा सधैंजसो सडकमा ड्रम ठोक्ने युवा नेता अहिले खोइ ?


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देशभित्र विदेशीले एकलौटी सडक बनाउदा पनि सरकार मुखमा टेप टांसेर बसेको आरोप लगाएका छन् ।

नेता बाँस्कोटाले ओली सरकार हुँदा सधैंजसो सडकमा ड्रम ठोक्ने, निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त ? भन्दै प्रश्न गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “खोप गायब हुंदा,देशभित्र विदेशीले एकलौटी सडक बनाउदा मुखमा टेप टांसेर बस्दा अनि स्थानीय तहको चुनाब घोषणा नगर्दा ओली सरकार हुंदा सधैंजसो सडकमा ड्रम ठोक्ने,निधारमा माटोको टीका लाउने र मण्डलामा सरकार चलाउन सिकाउदै दाह्रा किट्ने फण्डीत र युवानेता पनि बेपत्ता हुनु संयोग मात्रै होला त?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !