१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न पुगे बालकोट


प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओली बालकोट भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । आज शनिबार बिहान साढे १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट आएको ओलीको सचिवालयले जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवालाई हिजो शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो । यसअघि उक्त समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल पनि बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए ।

एमालेले आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै २३ भदौ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !