२३ बैशाख २०८१, आइतबार

माओवादीको बन्दसत्रमा निर्वाचन, अनुशासन र लेखा आयोगको प्रतिवेदन पेश


माओवादीको बन्दसत्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र आज पनि जारी रहेको छ । हिजो पुस १५ गते सम्पन्न हुने भनिएको महाधिवेशन समूहगत छलफल र त्यसको निष्कर्ष सुनाउन टोली नेतालाई दुई दिन लागेपछि महाधिवेशन लम्बिएको हो ।

आजको बन्दसत्रमा निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ र अनुशासन आयोगका प्रमुख टंक राई, लेखा आयोगका प्रमुख पेशल खतिवडाले प्रतिवेदन पेश गरेका छन् ।

जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।

प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बुधबार र बिहीबार निष्कर्ष पेस गरेका थिए।  बन्दसत्रमा प्रतिवेदनमाथि प्रतिनिधिहरुले उठाएका प्रश्न, सुझाव र जिज्ञासा जवाफ दिन काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा शुक्रबार बिहानै स्थायी कमिटीको बैठक बसेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !