१५ बैशाख २०८१, शनिबार

देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले आफूलाई सरकारवाट हटाएको ओलीको आरोप


केपी ओली फाइल फोटो

पर्सा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई निकम्माको संज्ञा दिएका छन्। बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो संज्ञा दिएका हुन् ।

उनले देशी, विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको समेत आरोप लगाए ।

जनताले अहिलेको यो सरकार नबनाएको र यो देशी, विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको उनले बताए । उनले त्यही कारण आफुले यो सरकार विस्थापन गर्न नयाँ जनादेशको कुरा गर्ने गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !