२५ बैशाख २०८१, मंगलबार

१९९५ मत गणना गर्दा किशोरसिंह राठौरको अग्रता


मतगणना फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबार जारी ५ सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । खस-आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौरले अग्रता लिएका छन्।

१९९५ मतगणना हुँदा सभापति शेरबहादुर देउवा प्यानलका राठौरले ११०३ मत पाएका छन्। त्यस्तैगरी शेखर कोइराला समूहका देवराज चालिसेले ८४९ मत ल्याएका छन् ।

मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादवले अग्रता लिएका छन् । ९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् भने शेखर कोइराला समूहका रामकृष्ण यादवले ३९१ मत पाएका छन् । अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !