२० बैशाख २०८१, बिहिबार

एमालेको अवरोधका कारण संसद् बैठक पुस ६ गतेसम्मका लागि स्थगित


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राखेको छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुस ६ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभामा आज ६ वटा अध्यादेश भने पेश भने भएको छ । यसअघि आज संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध जारी राख्ने स्पष्ट पारेका थिए ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप समेत लगाएका छन् । ओलीले सत्तारुढ गबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप समेत लगाए ।

यद्यपि नेकपा(माओवादी केन्द्र) ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको थियो । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयक लगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको यही मंसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेको नाराबाजी

अब धम्की नदिए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन : ओली

एमालेले आज संसद् अवरोध जारी राख्ने ओलीको स्पष्टोक्ति

माओवादीले संसद्को अवरोध हटाउन पहल गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !