२० बैशाख २०८१, बिहिबार

अब धम्की नदिए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन : ओली


नेकपा एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् ।

अध्यक्ष ओलीले आफूहरुले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने बताएका हुन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले विरोधको कार्यक्रम निरन्तर रहने बताए ।

“हामी विरोधलाई अघि बढाउँछौं । धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन।” उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !