१३ बैशाख २०८१, बिहिबार

एमालेले आज संसद् अवरोध जारी राख्ने ओलीको स्पष्टोक्ति


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राख्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन आज मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले संसद् अवरोध जारी राख्ने स्पष्ट पारेका हुन् ।

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप समेत लगाएका छन् ।

ओलीले सत्तारुढ गबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप समेत लगाए । आज मंगलबार दिउँसोदेखि बस्न लागेको संसदको हिउँदे अधिवेशन चल्न नदिने गरी आफ्ना सांसदलाई सम्बोधन गर्दै उनले एमालेमाथि सभामुखले अपराध गरेको भन्दै पार्टीले लिएको रणनीतिअनुसार प्रस्तुत हुन निर्देशन दिए ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले अपराध गरेको बताएका उनले निर्वाचन आयोग पनि एमाले विभाजनमा सहभागी भएको आरोप लगाए । देशमा स्थायित्व, अग्रमन, विकास र समृद्धिलाई रोक्न अस्थिरता निम्त्याउन गठबन्धन सक्रिय रहेको भन्दै उनले यसका लागि एमालेविरुद्ध उनीहरू उत्रिएका छन् । आजदेखि प्रतिनिधिसभाको दशौँ अधिवेशन सुरु हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !