२३ बैशाख २०८१, आइतबार

आफूमाथि राजनीतिक हिंसा भएको नेता गुरु घिमिरेको दावी


गुरु घिमिरे

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता गुरु घिमिरेले आफूमाथि राजनीतिक हिंसा भएको बताएका छन् । आज मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता घिमिरेले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा भएको बताएका हुन् ।

प्रदेश १ को सभापतिमा पराजित भएका नेता घिमिरेले पार्टीको अन्तरिक चुनावमा जित हार स्वभाविक भएको बताए । तर प्रदेश १ को चुनाव मुल्य मान्यताको राजनीतिको स्खलनको जिवन्त दृष्टान्त भएको उनले बताए ।

उनले भने, “मूल्य मान्यता र आदर्श कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भयो ।” रामचन्द्र पौडेल समूहवाट उम्मेदवार बनेका उनी प्रदेश १ को सभापतिमा उद्धव थापासँग दुई मतको अन्तरले पराजित भएका थिए । प्रधानमन्त्रीको कुर्सीमा बसेर कांग्रेस सभापति शेरबहादुर देउवाले गुट बनाएको पनि उनले आरोप लगाए ।

घिमिरेले आफुमाथि आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाको सत्ताले हिंसा गरेको आरोप लगाएका छन् । कांग्रेसको प्रदेश १ अधिवेशनमा सभापति पदमा भएको चुनावमा दुई मतले पराजित भएका नेता घिमिरेले प्रदेश अधिवेशनमा डनवाद देखिएको आरोप लगाएका हुन् ।

मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा रामचन्द्र पौडेल पक्षका नेताहरुको भेलामा सहभागी हुन आएका घिमिरेले यस्तो आरोप लगाएका हुन । साथै उनले आफ्नो माग अनुसार फेरि मतगणना गर्न आलटाल भइरहेको पनि गुनासो गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !