२५ बैशाख २०८१, मंगलबार

काँग्रेस गण्डकीमा उपसभापतिबाहेक सबै पदाधिकारीमा पौडेल पक्ष विजय


शुक्रराज शर्मा

कास्की । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । अर्जुनप्रसाद जोशीलाई पराजित गर्दै रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका शर्मा विजयी भएका हुन ।

जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी भएका हुन् । संस्थापन पक्षले एक उपसभापति मात्र हात पार्दा सभापतिसहित अन्य पदाधिकारीमा पौडेलले पक्षले विजय हासिल गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !