१५ बैशाख २०८१, शनिबार

प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको बैठक स्थगित


संसदीय सुनुवाइ समिति फाइल फोटो

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको बैठक कोरम नपुगेर स्थगित भएको स्रोतले बतायो।

स्रोतका अनुसार कोरम नपुगेकाले आगामी १७ गते अर्को बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको हो । गत ११ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !