१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा काँग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो


जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसंगै कर्णाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई कर्णालीको नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । कर्णाली प्रदेशको सत्ता साझेदार दल नेपाली काँग्रेस भएको सहमति अनुसार सत्ता हस्तान्तरण गरेको उनले बताएका छन् ।

कर्णालीमा काँग्रेसले मुख्यमन्त्री शाहीले सत्ता हस्तान्तरण नगरे सरकारबाट बाहिरिने चेतावनी दिएपछि शाही राजीनामा दिन बाध्य भएका हुन् । मुख्यमन्त्री शाहीले पूर्वसहमति अनुरुप आज सत्ताको नेतृत्व हस्तान्तरण गर्नुपर्ने काँग्रेसको माग गरेको थियो ।

गत वैशाख ३ गते भएको ११ बुँदे सहमति अनुसार काँग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरिएको थियो । त्यो समयमा ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता शाहीबीच लिखित सहमति भएको थियो ।

कांग्रेस र माओवादीबीच कर्णालीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी भएको थियो । नेकपा बिभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई काँग्रेससहित नेकपा एमालेका तत्कालीन ४ सांसदले विश्वासको मत दिएपछि उनको पद जोगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !