१४ बैशाख २०८१, शुक्रबार

राजीनामा दिन आग्रह गर्न प्रधानन्यायाधीशलाई भेट्दै सर्वोच्चका न्यायाधीशहरू


संवैधानिक इजलास

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्दै छन् । राजीनामा दिएर मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्न सर्वोच्चका न्यायाधीशहरूले सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् ।

हिजो सोमबार सर्वोच्चका न्यायाधीशहरुको बसेको बैठकले आज बिहान ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई न्यायाधीशहरूले भेटेर न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश जबराले हिजो पेसी तोकेपछि सर्वोच्चका न्यायाधीशहरु आपसी छलफलमा जुटेका थिए । आइतबार बसेको सर्वोच्च अदालतका १४ न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश राणाले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका थिए ।

हिजो प्रधानन्यायाधीश राणासहित १३ न्यायाधीश आज सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्चका एक न्यायाधीश नहकुल सुवेदी भने अनुपस्थित रहेका थिए । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरुले लगाएका छन् ।

सर्वोच्चका न्यायाधीशहरु दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट रहेका छन् ।

यो पनि पढ्नुहोस्

सर्वोच्चका न्यायाधीशहरूले गरे प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गर्ने निर्णय

प्रधानन्यायाधीशले पेसी तोकेपछि सर्वोच्चमा न्यायाधीशहरु छलफलमा जुटे

एक्लै लड्ने मनस्थितिमा प्रधानन्यायाधीश जबरा : विषम परिस्थतिमा पनि तोके पेसी

लोकमानकै बहिर्गमन र दुर्दशाको बाटोमा चोलेन्द्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !