२४ बैशाख २०८१, सोमबार

महन्थ ठाकुरलाई धक्का : राजकुमार लेखीले दिए लोसपाबाट राजीनामा


राजकुमार लेखी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा बुझाएसंगै ठाकुरलाई धक्का लागेको छ ।

आदिवासी जनजाति नेता समेत रहेका लेखीले आज बिहीबार नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् ।

जसपा नेपालबाट विभाजन भएर बनेको लोसपामा आवद्ध भएका उनले पुराना भनिने पार्टीभन्दा पृथक भएर अघि बढ्ने आफ्नो योजना पूरा नहुने देखेर राजीनामा दिनु परेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !