१९ बैशाख २०८१, बुधबार

एकीकृत समाजवादीले टुंगायो सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम


विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ र भवानी खापुङ

काठमाडौँ । माधव कुमार नेपालको नेतृत्वमा रहेको दल नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । एकीकृत समाजवादी पार्टीवाट विरोध खतिवडाको नेतृत्वमा ६ जना मन्त्रीसहित देउवा सरकारमा सहभागी हुने सो पार्टीका एक नेताले जानकारी दिए ।

नेपालनिकट स्रोतका अनुसार नेकपा (एस) वाट देउवा सरकारमा मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ र भवानी खापुङ गरी ६ जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाएको छ ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार देउवा सरकारमा नेकपा (एस) ले ५ मन्त्रालय र १ राज्यमन्त्री पाउने भएको छ । ५ जनाको टुंगो लागेपनि एकजना भने किसान श्रेष्ठ र भवानी खापुङमध्ये कसलाई पठाउने भन्ने बारेमा नेपाललाई दुबिधा रहेको थियो । यसअघि नेकपा (एस) वाट मन्त्री बन्नेमा किसान श्रेष्ठको चर्चा बढी चलेको थियो ।

नेकपा (एस) वाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुमा प्रेम आले यसअघि तत्कालीन ओली सरकारमा वनमन्त्री भइसकेका सांसद हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

देउवा सरकारले राजनीतिक दलसम्‍बन्‍धी अध्यादेश ल्याएपछि नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका थिए । अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसंगै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् । मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।

देउवा सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबण्डाबारे सहमति भएको हो ।

यो पनि पढ्नुहोस्

माओवादीको स्थायी समिति बैठक बस्दै, सरकारमा सहभागी हुने मन्त्री छान्ने

यी हुन् माओवादी केन्द्रवाट मन्त्री बन्न लागेका सांसदहरु

यी हुन् जसपा नेपालवाट मन्त्री बन्न लागेका सम्भावित अनुहारहरु

देउवा सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु

नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !