२३ बैशाख २०८१, आइतबार

देउवा सरकारले ल्याएको प्रतिस्थापन विधेयकका मुख्य विशेषताहरु


अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बाबजुद देउवा नेतृत्वको सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको संशोधित बजेट ल्याएको छ । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै देउवा सरकारले यो बजेट ल्याएको हो । यसअघि ओली सरकारले अध्यादेश मार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो ।

कोभिड-१९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रलाई उच्च प्राथमिकता दिएर पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए ।

यस्ता छन् देउवा सरकारले ल्याएको प्रतिस्थापन विधेयकका मुख्य विशेषताहरु

१. वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे शुरुवात ।

२ कोभिड १९ बाट रोजगारी गुमाएका अति विपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजारका दरले नगद राहत उपलब्ध गराइने ।

३. सरकारी निकायमा विभिन्न किसिमका भत्तामा १०% कटाैती, त्यसबाट बचेकाे रु. ५ अर्ब काेभिड खाेप खरिदमा लगाइने ।

४. मृगौला प्रत्यारोपण गरेका, क्यान्सर पीडित र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि खर्च वापत मासिक ५ हजार दिइने ।

५. जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार जीवन वृत्ति भत्ता दिइने ।

६. कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई आकर्षक छुट ।

७. कृषि तथा पशु बीमाकाे प्रिमियममा ८०% अनुदान दिइने ।

८. आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति ।

९. हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि ‘पढ्दै कमाउदै’ कार्यक्रम नमुनाकाे रुपमा सुरु गरिने ।

१०. पहिलो पटक अनलाईन मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन शुरु गरिँदै ।

११. शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने ।

१२. सहकारी संस्थाहरुले भगिनी कम्पनी खाेलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउनेगरी कानूनी प्रवन्ध मिलाइने ।

यो पनि पढ्नुहोस्

काठमाडौंका १० ठाउँमा विपन्न परिवारलाई खाना खुवाइने

देउवा सरकारद्वारा दीर्घ रोगीलाई मासिक ५ हजार दिने घोषणा

देउवा सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने

ओलीले सरकारले ल्याएका लगभग १४०० सडक आयोजना देउवा सरकारद्वारा खारेज

यस्तो छ देउवा सरकारले ल्याएको संशोधित बजेट (पूर्णपाठसहित)

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !