११ जेष्ठ २०८१, शुक्रबार

काठमाडौंका १० ठाउँमा विपन्न परिवारलाई खाना खुवाइने


जनार्दन शर्मा प्रतिनिधिसभा

काठमाडौँ । विपन्न परिवारलाई काठमाडौंका १० ठाउँमा खाना खुवाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै विपन्न परिवारलाई सामाजिक संस्थाको सहयोगमा काठमाडौंका १० ठाउँमा खाना खुवाइने घोषणा गरेका हुन् ।

यस्तै देउवा सरकारले दीर्घ रोगहरू क्यान्सर, मिर्गौला रोग लगायतका गम्भीर प्रकृतिका रोग भएका बिरामी र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रकम दिने घोषणा गरे । साथै अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा कोरोना महामारी लगायतले काम गुमाएका ५ लाख गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका छन् ।

संसदमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै गरेको बिरोधका बाबजुद देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै देउवा सरकारले यो बजेट ल्याएको हो ।

यो पनि पढ्नुहोस्

देउवा सरकारद्वारा दीर्घ रोगीलाई मासिक ५ हजार दिने घोषणा

देउवा सरकारले ५ लाख गरिबलाई १० हजारका दरले पैसा दिने

ओलीले सरकारले ल्याएका लगभग १४०० सडक आयोजना देउवा सरकारद्वारा खारेज

यस्तो छ देउवा सरकारले ल्याएको संशोधित बजेट (पूर्णपाठसहित)

देउवा सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !